सय रुपैयाँको नोटमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’

काठमाण्डौ।

नेपाल राष्ट्र बैँकले सय रुपैयाँको नयाँ नोट मंगलबारदेखि चल्तीमा ल्याएको छ जसमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको छ । बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा नयाँ विषेशतासहितको नयाँ नोट प्रचलनमा ल्याएको हो ।

नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको छ । सय दरका ३ अर्ब बराबरका नयाँ नोट आजदेखि बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ ।

के के छन् नयाँ नोटका विशेषता ?
– बायाँतर्फ सगरमाथाको चित्र रहेको
– मध्यभागको पृष्ठभमिमा नेपालको नक्सा
– अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध
– अशोक स्तम्भको चित्रसँगै दृष्टीविहिनहरुलाई नोट पहिचानका लागि छामेर थापा पाउने कालो थोप्ला रहेको
– अशोकस्तम्भको बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र
– दायाँतर्फ लालिगुराँसको पानीछाप
– नोटलाई सिधा हेर्दा रातो रंग, ढल्काएर हेर्दा हरियो रंग देखिने
– नोटको मध्यभागमा एकसिंगे माउ गैँडा र बच्चाको चित्र

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार