लिस्बनमा एनआरएनए पोर्चुगलका दुई समानान्तर समितिबिच दोहोरो भिडन्त, प्रहरी आएपछि भागाभाग !

लिस्बन। गैर आवासीय नेपाली संघ पोर्चुगलको बिबाद उत्कर्षमा पुगेको छ। संघको निर्वाचन देखिको विवादले संघ दुई समानान्तर समितिमा गठन भएदेखि नै संघको कार्यालयमा ताला लागेको थियो। नेपाली कांग्रेस र माओवादी गठबन्धनको रबिन अधिकारी नेतृत्वको संघ र नेकपा, समाजवादी र स्वतन्त्र गठबन्धनको सोमफुरी नेतृत्वको संघका पदाधिक...

परराष्ट्र मन्त्रालयले ठाडो आदेश दिदै भन्यो, ” एनआरएनएको निर्वाचन प्रकृया रोक्नु “

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन सम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ। गैरआवासीय नेपाली संघको १०औं महाधिवेशनका प्रतिनिधिहरु चयन गर्न संस्थापन पक्षले व्यापक धाँधली गरेको भन्दै उजुरी परेपछि मन्त्राल...

एनआरएनए पोर्चुगल दुई चिरामा विभाजित : एकातिर काङ्ग्रेस, माओबादी र माधव नेपाल पक्ष मत गन्दै अर्कोतिर नेकपा, जसपा र स्वतन्त्र उम्मेदवारले एनआरएनए घोषणा सभा गर्दै !

लिस्बन। गैर आवासिय नेपाली संघ पोर्चुगलको निर्वाचन विवादले उग्र रुप लिएको छ। आठौ अधिबेशनसम्म आइपुग्दा संघ दुई भागमा विभाजित भएको छ। एकातिर एकातिर काङ्ग्रेस, माओबादी र माधव नेपाल पक्षले आज मत गन्दैछन् भने अर्कोतिर नेकपा र जसपा र स्वतन्त्र उम्मेदवारले एनआरएनए घोषणा सभा गर्दैछन्। काङ्ग्रेस, माओबादी र...

एनआरएनए पोर्चुगलका प्रवक्ता खनालको कांग्रेसीहरुलाई उर्दी : “एक जनाले कमसेकम ३ भोट खसाल्नु, मतपेटिकामा खसेको भोट बाहिर निस्कदैन “

लिस्बन। गैर आवासीय नेपाली संघ पोर्चुगलका प्रवक्ता राम खनालले कांग्रेसीहरुलाई संघको निर्वाचनमा प्रत्येक व्यक्तिले ३ -३ भोट खसाल्न उर्दी दिएका छन्। उनले पोर्चुगलमा रहेका कांग्रेसीहरुको गोप्य अनलाइन बैठकमा उक्त अभिव्यक्ति दिएका छन्। पोर्चुगलमा रहेका कांग्रसीहरुको गोप्य बैठकको सो अभिव्यक्ति बाहिरिएपछि यहाँ रहेका ...

एनआरएनए चेक रिपब्लिकको अध्यक्षमा यदुराम पन्थी सर्वसम्मत, अन्य को को चुनिए कार्यसमितिमा ?

चेक रिपब्लिक । एनआरएनए चेक रिपब्लिकको अध्यक्षमा यदुराम पन्थी सर्वसम्मत चयन भएका छन् । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा एन्जिला सिंह छेत्री, उपाध्यक्ष्यमा गोपाल बस्नेत, अनिल लामा, पूर्ण बहादुर बोहरा रहेका छन्। युवा उपाध्यक्षमा रेम्बो जिसि, महिला उपाध्यक्षमा आर्जना खड्का, महासचिवमा गिरी प्रसाद कंडेल,...

एनआरएनए पोर्चुगल निर्वाचनमा लफडा : अल्गार्भ क्षेत्रको निर्बाचन स्थगित

लिस्वन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको आसन्न निर्बाचन अन्तर्गत अल्गार्भ क्षेत्रमा निर्बाचन स्थगित भएको छ । संघको निर्वाचनमा लिस्बन, अलेन्तेजो, अल्गार्भ र नर्थ गरी ४ क्षेत्र छुट्याईएको थियो। अल्गार्भ क्षेत्रमा ३ बुथ राखिएका थिए। अल्गार्भमा मतदान स्थानको बारेमा बिबाद भएपछि त्यस क्षे...

यस्तो छ एनआरएनए पोर्चुगल २०१९-२१ को आयब्यय बिवरण !

लिस्बन। गैर आवासिय नेपाली संघ पोर्चुगलले २०१९-२१ को आयब्यय बिवरण प्रस्तुत गरेको छ। कार्यसमितिको आज बसेको आकस्मिक बैठकले सो बिवरण पास गरेको हो। श्रोतका अनुसार बैठकमा बहुसंख्यक सदस्यहरु अनुपस्थित भएपछि उपस्थित भएकाहरुले सो आर्थिक प्रतिबेदन पास गरेका हुन्। बैठकमा कति जना पदाधिकारीहरु उपस्थित थिए भन्ने बारेमा श्र...

एनआरएनए पोर्चुगलका प्रवक्ता खनालको स्वतन्त्र उम्मेदवारलाई च्यालेन्ज : ” स्वतन्त्रका जमाना गए “

लिस्बन। गैर आवासिय नेपाली संघ पोर्चुगलको ३१ जुलाईमा सम्पन्न हुन गईरहेको निर्वाचनमा होमिएका स्वतन्त्र उम्मेदवारहरुलाई संघकै प्रवक्ता राम खनालले चुनौती दिएका छन्। सामाजिक संजालमा " स्वतन्त्रका जमाना गए " भन्दै स्वतन्त्र उम्मेदवारहरु बिरुद्द अभिव्यक्ति दिदै आएका छन्। संघको प्रवक्ता पदमा रहेका भगौडे प्रवक्ता खनाल...

विद्यार्थीलाई एनआरएनए कार्यसमितिमा उमेदवार हुन रोक लगाएपछि विवाद उत्कर्षमा !

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दक्षिण कोरियाको साधारण सदस्यताको विवाद उत्कर्षमा पुगेको छ । त्यहाँ साधारण सदस्यता लिएका विद्यार्थीलाई कार्यसमितिका पदमा उमेदवार हुन वन्चित गरिएकोप्रति उनीहरुले एनआरएनए अन्तरराष्ट्रिय परिषद, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया र एनआरएनए एशिया प्रशान्त क्षेत्रको ध्यानाकर...

एनआरएनए ‘नर्थ पोर्चुगल’ को प्रथम अधिबेशन सम्पन्न !

लिस्बन । गैरआवासीय नेपाली संघ ‘नर्थ पोर्चुगल’ को प्रथम अधिबेशन सम्पन्न भएको छ। अधिबेशनले दीपक सापकोटाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति समेत चयन गएको छ। करिब दुई साता अगाडी दिपक कै नेतृत्वमा तदर्थ समिति गठन गरिएको थियो । समितिको वरिष्ठ उपाध्यक्षमा मोहनसिंह खड्का र अन्य उपाध्यक्षहरुमा ठाकुर प्रसाद अधिक...