काठमाडौं ।
मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा पूर्वसचिव भीम उपाध्याय ५० हजार रुपैयाँ तिरेर छुटेका छन् । विशेष अदालतमा उपस्थित भएका उनलाई अदालतले धरौटी माग गरेको हो ।
धरौटी बुझाएर उनी छुटेका अदालत स्रोतले जनाएको छ ।
उपाध्यायविरुद्ध चार करोड ११ लाख रुपैयाँ बिगो कायम गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई महिनाअघि मुद्दा दायर गरेको थियो ।
खानेपानी मन्त्रालयको सचिव हुँदा आयोजनाको अध्यक्षको रुपमा उनी सो भ्रष्टाचारमा परेका हुन् ।