पोर्चुगलमा धुम्रपान र मद्यपान गर्नेहरुको संख्यामा वृद्धि !

लिस्बन।

पोर्चुगलमा धुम्रपान र मद्यपान गर्नेहरुको संख्यामा वृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ।

राष्ट्रिय तथ्यांक विभागका अनुसार ५ बर्षको अवधिमा यो संख्या ४८ दशमलव ८ प्रतिशतबाट बढेर ५१ प्रतिशतमा पुगेको छ।

त्यस्तै मध्यपान गर्नेहरुको संख्या ४९ दशमलव १ प्रतिशतबाट बढेर ५६ दशमलव ४ प्रतिशतमा उक्लिएको छ।

त्यस्तै १५ देखि ६४ प्रतिशत उमेर समुहका मानिसहरुको ५० प्रतिशतले धुम्रपान गर्ने गरेको तथ्यांक सार्वजनिक भएसंगै सरकार जनस्वास्थ्यका बिषयमा चिन्तित भनेको छ।

विद्यमान कानुन अनुसार १८ बर्षभन्दा कम उमेर समुहकाहरुलाई सुर्तीजन्य र मदिरा बिक्रीवितरण गर्न रोक लगाईएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार