‘नानसेन शरणार्थी पुरस्कार’ एन्जेला मर्केललाई दिने घोषणा

लिस्बन। संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर) ले जर्मनीकी पूर्वचान्सलर एन्जेला मर्केललाई सन् २०२२ को नानसेन शरणार्थी पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायले मंगलबार जारी गरेको विज्ञप्तिमा मर्केलको ‘नेतृत्व, साहस र करुणाले लाखौं निराश मानिसहरूको सुरक्षा ...

नेदरल्याण्ड्स: जहाँ जनसंख्याभन्दा बढी साइकल छन् !

लिस्बन। नेदरल्याण्ड्स विश्वकै सबैभन्दा बढी साइकल चलाउने नागरिक भएको देश मात्रै होइन, जनसंख्याभन्दा बढी साइकल भएको देश समेत हो। साइकल चलाउनु नेदरल्याण्ड्सका नागरिकहरुको दैनिक जीवनको एक हिस्सा बनेको छ। यहाँ ७ देखि ७० उमेरसम्मका सबैले साइकल प्रयोग गर्छन्। नेदरल्याण्ड्सको जनसंख्या १७ मिलियन छ जुन ...

सोमालियामा खडेरी : १० लाख मानिस विस्थापित

लण्डन। सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघीय शरणार्थी निकाय युएनएचसीआर र नर्वेजियाली शरणार्थी परिषद् (एनआरसी) का अनुसार खडेरीका कारण ७ लाख ५५ हजार बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । तर उनीहरू देशको सीमाभित्र नै रहेका बताईएको छ । राष्ट्रस...

श्रीलङ्कामा देशव्यापी निषेधाज्ञा

कोलम्बो । श्रीलङ्काका नवनियुक्त कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशव्यापी निषेधाज्ञा (कफ्र्यू) घोषणा गरेका छन् । बुधबार कार्यवाहक राष्ट्रपति नियुक्त भएका उनले पद सम्हाल्नेवित्तिकै देशव्यापी निषेधाज्ञा घोषणा गरेका हुन । निषेधाज्ञा लागू भएसँगै श्रीलङ्कालीहरू रेलमार्ग, सडक, मनोरञ्जनस्थल, उद्यानलगायत स...

श्रीलंकाका प्रधानमन्त्रीले दिए राजीनामा, राष्ट्रपति भागे

श्रीलंकामा आर्थिक संकटलाई लिएर जारी प्रदर्शनका कारण त्यहाँका प्रधानमन्त्रीले राजीनामा दिएका छन्। आन्दोलनकारीले आज राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवास कब्जा गरेका थिए। राजापाक्षेले देश छाड्ने अनुमान गरिएको छ। प्रधानमन्त्री रनिल विक्रमशिंगेले सामाजिक सञ्जालमार्फत राजीनामा दिएका हुन्। यसअघि प्रधानम...

प्रदर्शनकारीले सरकारी निवास कब्जा गरेपछि भागे श्रीलंकाका राष्ट्रपति

श्रीलंकामा आर्थिक संकटलाई लिएर जारी विरोध प्रदर्शनबीच आन्दोलनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवास कब्जा गरेका छन्। राजापाक्षे राष्ट्रपति भवनबाट भागेका छन्। राजापाक्ष कहाँ छन् भन्नेबारे कसैलाई जानकारी छैन। उनी श्रीलंकामा छन् वा देश छाडेर गएका छन् भन्ने खुलाइएको छैन। यसैबीच प्रधानमन्त्री विक्र...

नर्वेको नाइट क्लबमा गोली चल्यो : दुईको मृत्यु, २१ घाइते

लन्डन। नर्वेको राजधानी ओस्लोस्थित एक लोकप्रिय समलैंगिक बार लण्डन पब अगाडि एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । अन्य २१ जना घाइते भएका छन् । लैंगिक अल्पसंख्यक समुदायले हरेक वर्ष महत्त्वका साथ मनाउने प्राइड परेड (गौरव यात्रा) सुरु हुनुअघि यस्तो घटना भएको हो । घटनामा संलग्न भ...

अमेरिकामा गर्भपतन अवैध ठहरिने

वासिङ्टन। सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी ५० वर्ष पुरानो एउटा निर्णयलाई खारेज गरेपछि देशका विभिन्न राज्यका गर्भपतन सेवा प्रदायक संस्थाले सेवा प्रवाह बन्द गरेका छन्। गर्भपतनको महिला अधिकार सर्वोच्च अदालतले उल्ट्याएपछि कानुनी कारबाही भोग्नुपर्ने त्रासका बीच अल्बामा, टेक्सास र वेस्ट भर्जिनियालगायत राज्यका गर...

युरोपमा मङ्कीपक्सका संक्रमितको संख्या वृद्धि, विशेष सतर्कता अपनाउन आह्वान

लन्डन । युरोपेली मुलुकहरुमा पछिल्लो समय मङ्कीपक्सबाट संक्रमितहरूको संख्या बढ्दै गएको छ । युरोपेली स्वास्थ्य अधिकारीहरुले मङ्कीपक्स फैलिएका मुलुकहरुमा उच्च सतर्कता अपनाउन पनि आग्रह गरेका छन् । सङ्क्रमण थप फैलिन नदिन र फैलिएकाहरूलाई पनि नियन्त्रण गर्न विभिन्न उपाय अपनाउनुपर्नेमा उनीहरुको जोड छ । यो र...

व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान गयो, ३७ जना घाइते

इरान | इरानको दक्षिण पश्चिमी सहर अबादानमा १० तले व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान गएको छ । अरु ३७ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको खुजेष्टन प्रान्तका उप–गभर्नर एहसन अब्बासपुरलाई उदृत गरी इरानको अर्ध–सरकारी समाचार संस्था, आईएसएनएले जनाएको छ । व्यस्त सहरमा निर्माणाधीन भवन भ...