सरकार, रानीपोखरी कहिले बन्छ ? शिलान्याश भएको मात्रै पनि ३ वर्ष पुग्यो !

काठमाडौं।

२०७२ साल माघ २ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकाले तामझाम गरेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट रानीपोखरीको शिलान्यास गरेको थियो ।

भूकम्पले भत्काएको रानीपोखरी अब निर्माण हुने भयो भन्दै धेरैले अपेक्षा गरेका थिए । तर, त्यो अपेक्षा आजसम्म पूरा हुन सकेको छैन । आगामी माघ २ गते राष्ट्रपति भण्डारीले शिलान्यास गरेको पनि ३ वर्ष पूरा हुँदैछ ।

काठमाडांै महानगरपालिका, नेपाली सेना, पुरातत्व विभाग र स्थानीयको चर्को अन्तरविरोधका कारण रानीपोखरी आजसम्म निर्माण हुन सकेको छैन ।

A view of the Balgopaleshwor temple, which was damaged in the April 25 earthquake, in Ranipokhari, Kathmandu, on Friday, July 8, 2016. Photo: THT

पुनर्निर्माणलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने भन्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भाषण गरेको पनि धेरै भयो । प्रमुख शाक्य र उपप्रमुखबीचको विवाद पनि राम्रै देखिएको छ । मेयर ताला लगाउने, उपप्रमुख हरिप्रभा खड्गी ताला फुटाउने अभियान पनि राम्रैसँग चल्यो । तर, रानीपोखरी भने जस्ताको त्यस्तै रहेको छ ।

पछिल्लोपटक रानीपोखरी निर्माणमा सिमेन्ट प्रयोग भएको भन्दै पुनर्निर्माणमा रोक लगाउने निर्णय पुरातत्व विभागले गरेको छ ।
ठेकेदारले सिमेन्ट प्रयोग गरेको भन्दै विभागले रोक लगाएपछि रानीपोखरी पुनर्निर्माण अवरोध आएको छ । कुन शैलीमा रानीपोखरी पुनर्निर्माण गर्ने भन्ने विवादले काम रोकिएको १० महिना भयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनलाई समेत बेवास्ता गर्दा शहरकै शोभा रानीपोखरी त कुरूप बनेकै छ, साथै यसले महानगरपालिकाको अक्षमता देखाइएको छ ।

एउटै सम्पदा बनाउन फरक–फरक निकायबीच स्वार्थ बाझिँदा करिब ३ वर्षदेखि रानीपोखरी लथालिङ अवस्थामा पुगेको छ । पोखरीको मध्य भागको बालगोपालेश्वर मन्दिर निर्माण नहुँदा तिहारमा भाइटीका दिन खुल्ने र दिदीबहिनी नभएका र दाजुभाइ नभएकाले टीका ग्रहण गर्ने कार्य पनि अवरुद्ध हुँदै आएको छ ।

ऐतिहासिक सम्पदालाई विरुप पार्ने गरी काम गरिएपछि सर्वत्र विरोध भएको थियो । सर्वत्र विरोध भएपछि कंक्रिटको निर्माण थालनी रोकिएको छ । भने ढलान भत्काउन नै करोडौं रुपैयाँ लाग्ने भएको छ ।

ऐतिहासिक सम्पदामाथि भएको नांगो नाचको उदाहरण हेर्न अन्यत्र जानु पर्दैन रानी पोखरीले नै त्यसको बिम्ब प्रस्तुत गर्छ । शासकहरु ऐतिहासिक सम्पदा जोगाउने सन्दर्भमा कति निर्लज्ज छन् भन्ने यो नै बलियो उदाहरण हो ।

बालगोपालेश्वरको मन्दिर ग्रन्थकुट शैलीमा बनाउने वा भूकम्पअघिको गुम्बज शैलीमा भन्नेमा चर्को अन्तरविरोध रहेको कायमै छ । कुनै बेला राजधानीको सौन्दर्य झल्काउने रानी पोखरी अहिले घाँसे मैदान भएको छ । यही स्थिति कायमै रहने हो भने छिट्टै नगरबासीको फोहोर विर्सजन गर्ने डम्पिङ साइड नबन्ला नभन्न सकिँदैन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार