लोक गायक रामप्रसाद खनालकाे ‘दुलाहा दुलही’

काठमाडाै‌‌ ।

लोक गायक रामप्रसाद खनालले नयाँ लोक दोहोरी एल्बम “दुलाहा दुलही” बजारमा ल्याएका छन् ।

युट्युबबाट रिलिज गरिएको खनालको गीत बिसुद्ध मौलिक र अहिले सम्म बजारमा आएका अन्य पञ्चेबाजाका गीत भन्दा अत्यन्त स्तरीय, सुनिरहुँ लाग्ने खालको र सपरिवार सँगै बसेर हेर्न सुन्न मिल्ने रहेको बताइएको छ ।

लोक दोहोरी क्षेत्रका धेरै कलाकारहरुका जन्मदाता, अग्रज कलाकार खनालको यो गीती एल्बममा उनको आफ्नै शब्द र स्वर रहेको छ भने उनलाई गायनमा साथ दिएकी छिन अहिलेकी चर्चित लोक गायिका पूर्णकला बिसीले ।

संगीत क्षेत्रका चर्चित हस्ती थानेश्वर गौतमको संगीत र एरेन्जको दुनियाँको अहिलेको माहिर एरेन्जर आशिश अबिरलको म्युजिक एरेन्ज रहेको प्रस्तुत गीतमा लोक दोहोरी भिडियो क्षेत्रका सर्बप्रिय कलाकार, निर्देशक र नायक शंकर बिसीले कोरियोग्राफ गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार