मास्क नलगाई खाना डेलिभरी गर्ने ‘ उबर इट्स ‘ कामदारलाई ठाउँको ठाउँ २०० युरो जरिवाना !

लिस्बन। मास्क नलगाई खाना डेलिभरी गर्ने ' उबर इट्स ' कामदारलाई प्रहरीले स्पटमै (ठाउँको ठाउँ) जनही २०० युरो जरिवाना गरेको छ। लिस्बनको साल्दन्ह्या नजिकै ३ जनाको समुहमा साइकलमा खाना डेलिभरी काम गरिरहेका उनीहरुसंग मास्क थियो, तर त्यसको सहि प्रयोग गरेका थिएनन् । गस्तीमा रहेका प्रहरीले उनीहरुलाई बिना मास्...

पोर्चुगलका रक्षामन्त्रीलाई कोरोना संक्रमण।

लिस्बन। पोर्चुगलका रक्षामन्त्री जॉओ गोमेस क्रेविन्हो कोरोना संक्रमित भएका छन्। रक्षा मन्त्रालयले शनिवार एक बिज्ञप्ती जारि गर्दै रक्षामन्त्री क्रेविन्हो कोरोना पोजिटिभ भएको पुष्टि गरेको हो। रक्षामन्त्री क्रेविन्होमा कोरोनाक सामान्य लक्षणहरु भएको बिज्ञप्तीमा उल्लेख छ। कोरोना संक्रमणपछि रक्षामन्त्र...

पोर्चुगलमा कोरोना : अलमदाको गार्सिया दे ओर्ता अस्पताल बेड क्षमताको ३५० प्रतिशत बढी कोरोनाका बिरामीले भरियो !

लिस्बन। पोर्चुगलमा कोरोना संक्रमितको संख्या आकाशिएसंगै अधिकांस अस्पतालहरु कोरोनाका बिरामीले भरिएका छन्। अलमदाको गार्सिया दे ओर्ता अस्पतालमा बेड क्षमताको ३५० प्रतिशत बढी कोरोनका बिरामीले भरिएको छ। गार्सिया अस्पतालमा हाल कोरोनाका २०४ जना बिरामीको उपचार भईरहेको छ। उनीहरुमध्ये चिन्ताजनक अवस्था भएका १९ ...

पोर्चुगलको राष्ट्रपतिमा मर्सेलो निर्वाचित

लिस्बन। पोर्चुगलमा कोरोना कहरका बीच आज सम्पन्न राष्ट्रपतिको निर्बाचनमा मर्सेलो रेबेलो दे सौसा निर्वाचित भएका छन्। पोर्चुगलमा राष्ट्रपति पदको निर्वाचनका लागि २ जना महिला उम्मेदवार सहित ७ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । मर्सेलो दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। राष्ट्रपति पदको उम...

कोरोना कहरका बीच पोर्चुगलमा आज राष्ट्रपति पदको निर्वाचन हुदै, नेपालीहरुले पनि गरे मतदान !

लिस्वन । कोरोना कहरका बीच आज जनवरी २४ मा पोर्चुगलमा राष्ट्रपतिको निर्बाचन भइरहेको छ। उक्त निर्वाचनमा राष्ट्रपति पदको लागि २ जना महिला उम्मेदवार सहित जामा ७ उम्मेदवार प्रतिस्पर्धा गर्दैछन। बहालवाला राष्ट्रपति मर्सेलो रेबेलो दी सौसा समेत दोश्रो कार्यकालका लागि निर्वाचन मैदानमा छन् । नेपाली मुलका पोर्तुगाली नागरिक...

कोरोनाका कारण SEF को कल सेन्टर आजदेखि बन्द, अनलाइन र इमेल मार्फत सेवा दिईने !

लिस्बन। पोर्चुगलको सिमा तथा बिदेशी हेर्ने निकाय अध्यागमन प्रहरी सेफले आफ्नो टेलिफोन सेवाग्राही सेवा आजदेखि अस्थाई रुपमा बन्द गरेको छ। कोरोनाका कारण आफ्ना कर्मचारीहरुको स्वास्थ्यको संरक्षण गर्न टेलिफोन सेवा बन्द गरिएको सेफले जनाएको छ। सेफले टेलिफोन सेवा बन्द गरेतापनि सेफ पोर्टलको अनलाइन मार्फत अपोइ...

लिस्बन मेट्रोमा हरेक यात्रुलाई जाँच गर्दै प्रहरी, बिनाकाम हिड्ने र कामको प्रमाणीकरण पत्र नहुनेलाई ठाउँको ठाउँ जरिवाना !

गणेश पाण्डेय, लिस्बन। लिस्बनको मेट्रो र रेलमा प्रत्येक एक एक यात्रुहरुलाई प्रहरीले जाँच गर्न शुरु गरेको छ। पोर्चुगलमा कोरोनाका बिरामी र मृतकको संख्या अत्याधिक बढेपछि सरकारले हिजो शनिबार संकटकाल कानुन र लकडाउनमा थप कडाई गर्दै प्रहरी परिचालन गरेको। हो। बिनाकाम हिड्ने र कामको प्रमाणीकरण पत्र नहुनेलाई प्रहरीले ठाउ...

हिरासतमा मृत्यु भएका आप्रवासीको परिवारलाई सेफद्वारा ७ लाख १२ हजार ९५० युरो क्षतिपूर्ति प्रदान !

लिस्बन। लिस्बन एयरपोर्ट हिरासत केन्द्रमा कुटाईबाट मृत्यु भएका एक आप्रवासीको परिवारलाई सेफले ७ लाख १२ हजार ९५० युरो क्षतिपूर्ति प्रदान गरेको छ। सेफको लिस्बन एयरपोर्टस्थित हिरासत केन्द्रमा राखिएका एक युक्रेनियन नागरिकको गत मार्चमा मृत्यु भएको थियो। घटनाको ९ महिनापछि कुटाईका कारण उनको मृत्यु भएको पुष्टि ...

पोर्चुगलमा पछाडीको ढोकाबाट लुकिछिपी कफी बेच्ने व्यवसायी सहित १२ जना ग्राहक पक्राउ : क्याफे मालिकलाई १० हजार र ग्राहकलाई जनही २०० युरो जरिवाना !

लिस्बन। पोर्चुगलमा संकटकाल र लकडाउन कानुन बिपरित पछाडीको ढोकाबाट लुकिछिपी कफी बेच्ने व्यवसायी सहित १२ जना ग्राहकलाई प्रहरीले पक्राउ गरेको छ। संकटकाल र लकडाउन कानुन उल्लङ्घन गरेको आरोपमा प्रहरीले क्याफेका मालिकलाई दश हजार युरो र १२ जना ग्राहकलाई जनही २०० युरो जरिवाना गरेको हो। घटना स्पेन्होको हो। संकटकाल...

पोर्चुगलमा संकटकाल कानुन र लकडाउनमा थप कडाई गर्दै प्रहरी परिचालन : उल्लङ्घनकर्तालाई ठाउँको ठाउँ १०,००० युरोसम्म जरिवाना गर्ने अधिकार सुरक्षाकर्मीहरुलाई प्रदान !

लिस्बन। सरकारले आज संकटकाल कानुनमा परिवर्तन गर्दै सुरक्षा अधिकारीहरुलाई कानुन उल्लङ्घन गर्नेलाई स्पटमै ( ठाउँको ठाउँ ) जरिवाना गर्ने अधिकार दिएको छ। संकटकाल कानुनको उल्लङ्घन गर्ने व्यक्तिलाई कम्तिमा २०० युरोदेखी १००० युरोसम्म र व्यवसायलाई कम्तिमा २००० युरोदेखी १०,००० युरोसम्म जरिवाना हुने कानुनी व्यवस्था गरेको छ...