काठमाडौँ ।
नागरिक उडड्यन प्र्राधिकरणको खोज तथा उद्दार समन्वय केन्द्रले यती एयरलाइन्स प्रालिको ९ एन एएनसी एटिआर विमान दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । विमानमा सवार ४ जनाको अवस्था अझै अज्ञात छ । अज्ञात यात्रुहरु पानीमा डुबेको अशंकामा घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ ।
दुर्घटना स्थलमा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले कमाण्ड पोष्ट बनाएर घटनास्थलको सुरक्षा गरिरहेका छन् । सुरक्षाकर्मीहरुले ६३ वटा शव घटनास्थलबाट अस्पताल ल्याएका छन् । पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (गण्डकी अस्पताल) मा ६३ जनाको शव संकलन गरिएको एसपी केसीले जानकारी दिए ।
घटनास्थलमा ३ जनाको शव देखिएको र ६ जनाको अवस्था अझै अज्ञात रहेको कास्कीका एसपी अजय केसीले दावी गरेका छन् । उनका अनुसार २५ जनाको शव सनाखत गरिएको छ । शव पोष्टमार्टम गण्डकी अस्पतालमै गरेर परिवारलाई हस्तान्तरण गर्ने प्रशासनको तयारी छ ।