पोर्चुगलमा आप्रवासी ३७ प्रतिशतले बढे !

लिस्बन।

युरोपियन मुलुक पोर्चुगलमा आप्रवासी ३७ प्रतिशतले वृद्धि भएको तथ्याङ्क सार्वजनिक भएको छ।

राष्ट्रिय तथ्यांक विभागले सन् २०११ यता आप्रवासीको संख्या ३७ प्रतिशतले बढेको जनाएको छ।

विभागका अनुसार २०२१ को जनगणनामा पोर्चुगलमा ५ लाख ४२ हजार ३१४ जना आप्रवासी रहेको उल्लेख छ, यो कुल जनसंख्याको ५ दशमलव २ प्रतिशत हो।

पोर्चुगलमा सबैभन्दा बढी आप्रवासी ब्राजिलियन रहका छन् , उनीहरुको संख्या १ लाख ९९ हजार ८१० जान अरहेको छ , कुन कुल आप्रवासीको ३६.८ प्रतिशत हो। त्यस्तै अङ्गोलाका नागरिक ३१ हजार ५५६ जना रहेका छन् भने केप भेर्दका २७ हजार १४४ जना रहेका छन्। अङ्गोलाका आप्रवासी नागरिक ५.८ प्रतिशत छन् भने केप भेर्दका ५ प्रतिशत रहेका छन्।

राष्ट्रिय तथ्यांक विभागले आप्रवासीको संख्यामा नेपालीहरु पनि उल्लेख्य रुपमा वृद्धि भएको उल्लेख गरेको छ। सन् २०११ मा जम्मा ९५९ जना नेपाली पोर्चुगलमा बसोबास गरेकोमा २०२१ आइपुग्दा यो संख्या बढेर १३ हजार २२४ जना रहेको तथ्यांकले देखाएको छ।

उता बिदेशमा बस्दै आएका पोर्तुगाली नागरिक सन् २०२१ मा उल्लेख्य रुपमा आफ्नो देश फर्किएका छन्। सो बर्ष मात्रै १६ लाख ८ हजार ९४ जना पोर्तुगाली स्वदेश फर्किएको तथ्यांक बिभागले सार्वजनिक गरेको छ। जसमध्ये २३.२ प्रतिशत फ्रान्सबाट, १४ प्रतिशत अङ्गोलाबाट, ८.१ प्रतिशत स्विजरल्याण्डबाट, ७.२ प्रतिशत ब्राजिलबाट, ६.५ प्रतिशत बोजम्बिकबाट र ६.३ प्रतिशत जर्मनीबाट स्वदेश फिर्ता आएको जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार