– नवलपरासी पश्चिम
नेपाली कांग्रेसका नेता विनोद चौधरीले आफु निवार्चित भएको निर्वाचन क्षेत्रमा नवलपरासी क्षेत्र न. १ प्रतिनिधी सभा सदस्य जनसम्पर्क कार्यालयको स्थापना गरेका छन्।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम ) निर्वाचन क्षेत्र न. १ बाट प्रतिनिधी सभा सदस्यमा निर्वार्चीत नेपाली कांग्रेसका केन्द्रिय सदस्य बिनोद चौधरीले बर्दघाटमा जनसम्पर्क कार्यालयको स्थापना गरेका हुन्।
चुनावमा मतदाताले कसरी सम्पर्क हुन्छ भनेर सोधेका थिए । यद्यपी नेता चौधरीले कार्यालय नै खोलेर जनतासंग प्रत्यक्ष सम्पर्क राख्ने बाताबरण तयार गर्न थालाके छन् ।
निर्वाचन क्षेत्रका सवै जनताको समस्या बुझ्न र समाधान तर्फ केन्द्रिय रहने उदेश्यले प्रतिनिधी सभा सदस्य सम्पर्क कार्यालय सञ्चालनमा आएको उनको निजी सचिवालयले जनाएको छ ।
आवश्यक कर्मचारी सहित व्यवस्थापन गरिएको जनसम्पर्क कार्यालयमा जनताले कार्यालय पुगेर वा टेलिफोन मार्फत जनसम्पर्क कार्यालयका जनताको समस्या राख्न सक्ने गरी कार्यालय ब्यवस्थापना गरिएको हो ।
चौधरीले जनसम्पर्क कार्यालयको स्थापना भएपछि जनताले आवश्यकता अनुसार आफ्ना समस्या , गुनासो तथा सुझाव सहजै रुपमा चौधरी समक्ष पुर्याउने सकिने विश्वास लिईएको छ ।