काठमाडौँ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह `बालेन`ले केन्द्र सरकार माथि प्रश्न उठाएका छन् ।
गृह मन्त्रालय, प्रहरी प्रशासन, शान्ति सुरक्षा छ कि छैन भन्दै उनले केन्द्र सरकारविरुद्ध प्रश्न उठाएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, `देशमा गृह मन्त्रालय , प्रहरी प्रसासन , शान्ती सुरक्षा छ कि छैन , देशको राजधानीमा खुलेआम आतंकवाद हुदा केन्द्र सरकार के हेरेर बसेको छ ?`
महानगरपालिकाले आज थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाउन खोज्दा नगर प्रहरीमाथि आक्रमण भएको थियो ।
सुकुम्बासी बस्तीका बासिन्दाहरू हातहतियार लिएर आन्दोलनमा उत्रिएका थिए । उनीहरूले मार्न र मर्न तयार भएको भन्दै सुकुम्बासी बस्ती हटाउन लागेका मेयर शाहलाई समेत मार्ने धम्की दिएका छन्।