अब २ महिनाभन्दा बढी घरभाडा सुरक्षा अग्रिम भुक्तानी लिन नपाईने !

लिस्बन।

पोर्चुगलमा अबदेखि घरधनीहरुले घर भाडामा लगाउदा दुई महिनाभन्दा बढी घरभाडा सुरक्षा अग्रिम भुक्तानी लिन नपाइने भएको छ।

घरधनीहरुले भाडाको अग्रिम भुक्तानी एक बर्षसम्म पनि माग गरेपछि आम सर्वसाधारणको पहुँचमा घरभाडा लिने कार्य रहेन। यो गुनासो आएपछि वाम गठबन्धनले संसदमा भाडाको अग्रिम भुक्तानी दुई महिनाभन्दा बढी गर्न नपाइने प्रस्ताव पेश गरेको थियो। पोर्तुगाली संसदले उक्त प्रस्ताव अनुमोदन गरेको छ।

भाडाको अग्रिम भुक्तानी दुई महिनाभन्दा बढी गर्न नपाइने प्रस्ताव संसदमा अनुमोदन भएसंगै पोर्चुगलमा यो कानुन बनेको छ।

यो कानुनसंगै भाडाको अग्रिम भुक्तानी ग्यारेन्टीहरूको दुरुपयोग रोकिने बिश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार