जीएनआरद्वारा एक सातामा ४५५ जना पक्राउ !

लिस्बन।

नेशनल रिपब्लिकन गार्ड (जीएनआर) ले एक हप्ताको अन्तरालमा ४५५ जनालाई गिरफ्तार गरेको छ। उक्त समयमा ८ हजार ८०० बढी अपराधका घटना जिएनआरले दर्ज गरेको छ। ट्राफिक नियम उल्लङ्घन गर्नेहरु मध्ये धेरैजसो तीव्र गतिका थिए।

पक्राउ परेका मध्ये १७२ जना मादक पदार्थ सेवन गरी सवारी चलाएको आरोपमा, कानुनी अनुमतिबिना सवारी चलाउने ११२ र लागुऔषध ओसारपसारमा ४६ जना पक्राउ परेका छन् ।

त्यस्तै चोरी तथा डकैतीमा ३३, घरेलु हिंसामा सात र अवैध हातहतियार तथा प्रतिबन्धित हतियारसहित ६ जना पक्राउ परेका छन् ।

जिएनारले एक विज्ञप्ति जारी गर्दै १८ देखि २४ नोभेम्बरको समयमा १ हजार ५२ डोज चरस, ८३६ डोज हेरोइन, ४९३ डोज कोकिन, २९ भांगको बिरुवा र १६ वटा सवारी साधन बरामद गरेको जनाएको छ।

दर्ता भएका ८ हजार ८०० अपराधका घटनामध्ये २ हजार ८०६ तीव्र गतिमा गाडी चलाएको , ६०३ अनिवार्य आवधिक निरीक्षणको कमीको कारण, ४१३ प्रकाश र संकेत प्रणालीमा विसंगति सम्बन्धित र २४४ सीट बेल्ट र बाल संयम प्रणालीको अभाव वा गलत प्रयोगका कारण रहेको बिज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार