लमजुङका भक्तराज पोर्चुगलमा अस्ताए !

लिस्वन ।

पोर्चुगलमा व्यवसाय गर्दै आएका एक नेपालीको निधन भएको छ । नेपालमा लमजुङस्थित दोर्दी गाउँपालिका वडा नं ९ हिलेटक्सारका भक्तराज गुरुङको राजधानी लिस्बनमा निधन भएको लमजुङ समाज पोर्चुगलले जनाएको छ।

शुक्रबार राति लिस्बनस्थित रेष्टुरेन्टमा काम गरेर घर फर्किएका गुरुङको एक्कासी टाउको दुखेपछि एम्बुलेन्सले उद्धार गरी थप उपचारका लागि अस्पताल लगिएको थियो । उपचारकै क्रममा मार्टिममुनिजस्थित साओजोसे अस्पतालमा भर्ना गरिएको केही समयमा नै उनको निधन भयो । गुरुङलाई उच्च रक्तचापको समस्या थियो।

बिगत नौ बर्षदेखी पोर्चुगललाई कर्मथलो बनाएका ४३ बर्षिय गुरुङ लिस्बनमा आफ्ना परिवारका साथ बस्दै आएका थिए ।उनको लिस्बनमा रेष्टुरेन्ट व्यवसाय थियो।

गुरुङको निधनले नेपाली समाज शोकमा डुबेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार