देउवासँग चुनावी प्रतिस्पर्धा गर्न लागेका सागर ढकाललाई गठबन्धनको धम्की

काठमाडौँ ।

प्रतिनिधिसभा निर्वाचनका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग लड्न लागेका डडेलधुराका उम्मेदवार सागर ढकालले आफूलाई पोस्ट डिलेट गर भनेर धम्की आएको खुलाशा गरेका छन् ।

निर्वाचनको अघिल्लो दिन साँझ उनले सामाजीक संजाल फेसबुकमार्फत आफूलाई पोष्ट डिलेट गर्न धम्की आएको बताएका हुन् ।

‘मलाई पोस्ट डिलिट गर्नुस भनेर अनेक धम्कि दिँदा संयमित भएर बसे । तर आज म चुप लागे भनेर यसबाट पनि अघि बढेर उहाँहरु हाम्रो टिम र समर्थकहरुमाथी रातारात मिटिंग गरेर तिमिहरुलाई हामी चाहिन्छ कि सागर भनेर दबाब सिर्जना गर्ने , समर्थकको पोस्ट डिलिट गर भन्ने गरि धम्कि दिने काम हाम्रो प्रतिष्पर्धीबाट आएको छ।‘ उनले लेखेका छन् ।

त्यस्तै उनले संयमित हुन् आग्रह गर्दै लेखेका छन्, ‘ सबैले निर्वाचनको अन्तिम समयमा धाँधलि नगरि संयमित भइदिनुहुन अनुरोध गदछौँ‌ । हामीले पैसाको घाँटी पनि सक्ने गरि रोक्ने प्रयास गरिरहेका छौँ। बत्ति निभ्ने बेलामा धपक्क ठुलो गरि बोल्छ, त्यस्तै यो गठबन्धनले अन्तिम समयमा सिध्दिनु अघि अलि दुख दिन सक्छन् । साथिहरु सचेत रहनुहोला, निडर रहनुहोला । सबैलाई यो भोलिको निर्वाचन निष्पक्ष र मर्यादित बनाइदिनुहुन हार्दिक अनुरोध गर्दछु।‘

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार