पाँच लाखको अबैध चिनी बरामद !

– रबिन्द्र यादव / नवलपरासी पश्चिम |

नवलपरासी पश्चिममा पाँच लाख बराबरको अबैध चिनी प्रहरीले बरामद गरेको छ ।

प्रतापपुर गाउँपालिका वडा नं ५ धर्मौलि स्थित भारतबाट अबैध रुपमा ल्याइएको १२५ बोरा चिनी सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोस्ट गुठी परसौनी र इलाका प्रहरी कार्यालय बेलाटारीको संयुक्त गस्ती टोलीले बेवास्ता अवस्थामा रहेको उक्त चिनी नियन्त्रणमा लिएर भन्सार पठाएको सशस्त्र प्रहरी नेपाल गण नं २६ का सुचना अधिकारी केशवराज थापाले बताए ।

बरामद गरिएको चिनीको मूल्य लगभग पाच लाख रहेको छ । सुरक्षाकर्मीहरु प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सुरक्षामा खटिएका बेला तस्करहरुले त्यसको फाइदा उठाउदै खुलेयाम तस्करी गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार