रामकुमारी झाँक्रीलाई एमाले नेता गाैतमले सघाउने, गाेकर्ण विष्टलाई धक्का !

गुल्मी।

नेकपा (एमाले)का गुल्मीका पुराना एक नेताले नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीलाई सघाउने घोषणा गरेका छन् । एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य शेषकान्त गौतमले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी झाँक्रीलाई सघाउने घोषणा गरेका हुन् ।

आइतबार पत्रकार सम्मेलन गरेर उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा गुल्मीको क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार झाँक्रीलाई जिताउन सघाउने बताएका हुन् ।

उनले आफूले एमाले पार्टी नछाड्ने, तर पार्टीले कुनै कारबाही गरेमा त्यसको परिणाम भोग्न पनि तयार भएर याे निर्णय गरेकाे पत्रकार सम्मेलनमा बताए ।

गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट पार्टी सचिव गाेकर्ण विष्ट उम्मेदवार छन् । उनी ०५६ सालदेखि ०६४ सालमा बाहेक पटक–पटक निर्वाचित भएका छन् ।

नेता गाैतमकाे निर्णयले विष्टलाई धक्का लाग्ने देखिन्छ । तर, नेकपा एमाले गुल्मीले भने गाैतमलाई पार्टीले करिब एक महिनाअघि नै कारबाहीको प्रक्रिया अगाडि बढाएको दाबी गरेकाे छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार