आयोगले उम्मेदवारी खारेज गरेपछि डा. तोसिमा अदालत जाने

काठमाडौँ।

४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि ललितपुर ३ बाट उम्मेदवारी दिएकी डा. तोसिमा कार्की आफ्नो उम्मेदवारी आयोगले खारेज गर्नु अन्यायपूर्ण भएको भन्दै अदालत जाने बताएकी छिन् ।

शनिबार आयोगले उनले लाभको पदमा रहेको भन्दै उनको उम्मेदवारी खारेज गरेको थियो ।

आयोगको यो निर्णयलाई उनले शंकास्पद भनेकी छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएकी डा. तोसिमाले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा नदिइ उम्मेदवारी दिएकी थिइन् ।

उनले आफ्नो पक्षमा माहोल बनेकाले आयोगको यस्तो निर्णय आएको हुनसक्ने आशंका व्यक्त गरेकी छिन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार