लिस्बन।
धेरै पोर्तुगाली बैंकहरूको गृह बैंकिङ सेवाहरू आज २० अक्टोबरको बिहानैदेखि प्राविधिक समस्याहरूको सामना गरिरहेका छन्।कयौ बैंकका अनलाइन बैंकिङ प्रणाली ठप्प भएका छन्।
बिशेष गरि Caixa Geral de Depósitos, Santander Totta, Novobanco, Montepio र Banco CTT को डिजिटल प्लेटफर्महरूमा समस्या देखिएको हो।
पोर्तुगाली सरकारले मासिक २ हजार सात सय भन्दा कम आम्दानि भएका र गैर-पेन्सनहरू नागरिकहरुलाई जीवनको बढ्दो लागतलाई कम गर्न मद्दत गर्न १२५ युरो भुक्तानी दिन शुरु गरेको दिनदेखि नै बैंकिङ प्रणाली ठप्प भएपछि सेवाग्राहीहरू मारमा परेका छन्।