शताब्दी पुरुष जाेशीकाे पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुर महानगरमा

काठमाडौँ |

वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई श्रद्धाञ्जली अर्पण गर्नका लागि ललितपुर महानगर परिसरमा पुर्‍याइएकाे छ।

आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएकाे पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि यतिबेला महानगर परिसरमा पुर्‍याइएकाे हाे।

उनकाे पार्थिव शरीरलाई विभिन्न व्यक्ति तथा सर्वसाधारणले पुष्पगुच्छासहित श्रद्धाञ्जली दिएका छन्।

जाेशीकाे १०३ वर्षको उमेरमा उपचारको क्रममा आइतबार बिहान किष्ट अस्पतालमा निधन भएको हो।

मरणोपरान्त शरीर दानको घोषणा गरेका जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अस्पतालकै परिषरमा राखिने र त्यसपछि अस्पताललाई नै बुझाइने छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार