लिस्बनमा स्थानीय प्रशासनका कर्मचारीहरू हड्तालमा, फोहोर संकलनमा असर !

लिस्बन।

लिस्बनमा स्थानीय प्रशासनका कर्मचारीहरूको अक्टोबर १५ मा हड्तालको आव्हान गरेका छन्। यसले गर्दा महानगरपालिकाभित्र नियमित फोहोर संकलन हुन सकेको छैन।

आजको हडताल STAL – स्थानीय र क्षेत्रीय प्रशासन, सार्वजनिक कम्पनीहरू, सहुलियतदारहरू र यस्तै सबै स्थानीय प्रशासनका कर्मचारीहरूलाई समेट्ने कामदारहरूको राष्ट्रिय संघले आह्वान गरेको हो ।

यही हडतालको कारण लिस्बनमा फोहोर सङ्कलन सेवा १५ तारिखको बिहानैबाट शनिबारको दिनभरी अवरोध हुनसक्नेछ ।

महानगरपालिकाको अनुसार यस अवस्थाको सम्भावित परिणामहरूलाई कम गर्नको लागि यसले शहरी स्वच्छता सेवाहरूको सबै प्रयासहरू विकास गर्नेछ।

हड्ताल पछि १६ अक्टुबरबाट काउन्सिलले “फोहोर हटाउने प्रणालीको द्रुत सामान्यीकरण” सुनिश्चित गर्ने महानगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार