पोर्चुगल पाँचौ पटक बन्यो युरोपकै उत्कृष्ट पर्यटकीय गन्तब्य !

लिस्बन।

पोर्चुगल पाँचौ पटक युरोपकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा पुरस्कृत भएको छ।

वर्ल्ड ट्राभल अवार्ड २०२२ को युरोपेली संस्करणमा पोर्चुगलले “युरोपमा उत्कृष्ट पर्यटक गन्तव्य” सहित अन्य ३० विधामा अवार्डहरू जितेको हो।

युरोपको अग्रणी साहसिक पर्यटन गन्तव्यमा आसोरेस, युरोपको अग्रणी समुद्र तट गन्तव्यमा अल्गार्भ, युरोपको अग्रणी शहर ब्रेक गन्तव्यको अवार्डमा लिस्बन , युरोपको अग्रणी क्रुज गन्तव्य र युरोपको अग्रणी समुद्री किनार मेट्रोपोलिटन शहर र पोर्टोपोलिटन डेस्टिनेशन आदि रहेका छन्।

वर्ल्ड ट्राभल अवार्डहरू पर्यटनको क्षेत्रमा “ओस्कार” नै मानिन्छ। पर्यटनको प्रतिस्पर्धात्मकता र गुणस्तरलाई उत्प्रेरित गर्न, पर्यटन उद्योगमा विकास गरिएका कामहरूलाई फरक पार्दै सन् १९९३ देखि विश्वव्यापी स्तरमा यस क्षेत्रका पेशेवरहरूद्वारा सम्मानित गरिन्छ।

२०२१ मा पोर्चुगलले वर्ल्ड ट्राभल अवार्डको युरोपेली संस्करणमा दुई दर्जनभन्दा बढी अवार्ड जितेको थियो ।

फाइनल अवार्ड समारोह नोभेम्बर ११ मा ओमानमा तय गरिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार