लिस्बन।
पोर्तुगाली सरकारले कामदारका लागि खाना भत्ता बढाउने योजना बनाएको छ।
मुद्रास्फीतिको प्रभावलाई सामना गर्न परिवारहरूलाई मद्दत गर्न सरकारले खाना भत्ता बढाउने योजना बनाएको हो।
फेडरेशन अफ पब्लिक एडमिनिस्ट्रेशन युनियन (फेसाप) ले खाना भत्तालाई ६ युरो मा अद्यावधिक गर्ने प्रस्ताव प्रस्तुत गरेपछि सरकारले अध्ययन गरि खाना भत्ता बढाउने योजना बनाएको हो ।
पोर्चुगलमा खाना भत्ता प्रतिदिन ४.७७ युरो रहेको छ। खाना भत्ताको यो रकम सन् २०१७ देखि अद्यावधिक गरिएको छैन। कामदारलाई दिईने खाना भत्तामा सरकारले कर छुट समेत गरेको छ।
सरकारको खाना भत्ताको योजना २०२३ को लागि राज्य बजेट प्रस्ताव मा समावेश गरिनेछ, जुन कार्यपालिकाले सोमबार संसदमा पेश गर्नेछ।