लिस्वन ।
पोर्चुगलमा दशैको भोलिपल्ट एक नेपालीले ज्यान गुमाएका छन्।
बैदेशिक रोजगारीको सिलसिलामा ५ बर्ष अघि पोर्चुगल आएका बुटवल शंकरनगरका कपिल सिन्धौलीको अक्टोबर ६ तारिख हृदयघातका कारण निधन भएको बुझिएको छ ।
अन्दाजी २७ बर्षिय उनि पेगोईसमा बस्दै आएका थिए ।
उनको मृत्युपछि थप अनुसन्धानका लागि प्रहरीले शव अस्पताल लगेको छ ।
उनको निधनले पोर्चुगलको नेपाली समाजलाई शोकमा डुबेको छ ।