लिस्बन।
पोर्चुगलको राजधानी लिस्बनमा हिन्दूहरुको पर्व दुर्गा पूजा भव्यताका साथ मनाइएको छ ।
लिस्बनमा बंगलादेशी हिन्दू समुदायले हिजो दिनभर विविध कार्यक्रम गर्दै दुर्गा पर्व मनाएको हो ।
हिजो बिहान ९ बजे पूजा, पुष्पाञ्जली र प्रसाद वितरण गरी कार्यक्रम सुरु भएको थियो ।
त्यसपछि राती आरती, मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम र दशमी पूजा गरी महोत्सवको समापन भएको थियो ।
सो अवसरमा लिस्बनमा नियुक्त बंगलादेशका राजदूत र दूतावासका अन्य अधिकारीहरुको उपस्थिति रहेको थियो ।
आयोजकले गत वर्षको तुलनामा यस वर्ष दुर्गा पूजामा ठूलो मात्रामा सहभागिता भएको जनाएको छ।
कार्यक्रमको अन्त्यमा एक सुन्दर सांस्कृतिक कार्यक्रममा गायन, नृत्य र कभरिङ मार्फत सबैको सहभागितामा एक सुन्दर र सार्थक कार्यक्रम सम्पन्न भएको थियो ।