राष्ट्रपतिसँग ओली दम्पतीले लगाए टीका, अन्य नेताद्वारा बोइकट !

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दम्पत्तिले राष्ट्रपति विद्यादेवी भण्डारीसँग टीका तथा जमरा लगाएका छन् । श्रीमती राधिका शाक्यसहित सितलनिवास पुगेका ओलीले राष्ट्रपति भण्डारीसँग टीका लगाएका हुन् ।

गृह जिल्ला झापामा बिहान ११ बजेर ५१ मिनेटको शुभ साइतमा पिता मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरेका ओली राष्ट्रपतिको हातबाट टीका लगाउन शीतल निवास पुगेका हुन् ।

यसैबीच, राष्ट्रपति भण्डारीले सर्वसाधारण र उच्च पदस्थ अधिकारीलाई टीका लगाइदिएकी छन् । बुधबार सितलनिवासमा राष्ट्रपति भण्डारीले आम सर्वसाधारण तथा उच्च पदस्थ अधिकारीलाई दसैँको उपलक्ष्यमा टीका लगाइदिएकी हुन् ।

मुख्य राजनीतिक दलका नेतामध्ये ओली मात्र राष्ट्रपतिका हातबाट टिका लगाउन पुगेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भातृ शोकका कारण टीका लगाएनन् भने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कहिल्यै पनि कसैसंग गएर टिका लगाउने गरेका छैनन् । अन्य शिर्ष नेताहरु पनि कोही राष्ट्रपतिसंग टिका लगाउन नआएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार