रबिन्द्र यादव, नवलपरासी।
नवलपरासी पश्चिमका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) ऋषिराम कंडेल जिल्लामा आएदेखि अबैध काम गर्ने माथि धमाधम कारबाहीमा प्रक्रिया शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले करिब अढाई महिनामा ५३ लाख ९८ हजार ७ सय रुपैया राजस्व दाखिला गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम मातहत प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले जिल्लाको सीमा नाका लगायतको बिभिन्नस्थानहरुबाट श्रावण १ गते देखि आश्वीन १० गते सम्म अबैध रुपमा भन्सार छलि गरि ल्याएको ( लत्ताकपडा, कवाड, मल, चिनी, हाडवयर, बोइलर कुखुरा, मादक पदार्थ इत्यादि) गरि विभिन्न समानहरु नियन्त्रणमा लिई आबस्यक कार्बाहीको लागि भन्सार कार्यालय महेशपुर पठाइएको छ ।
यसैगरी प्रहरी उपरिक्षक कंडेलको सक्रियताले बिभिन्न मुद्धामा फरार रहेका १ बर्ष १ महिना ९ दिन सम्म विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका १९ अपराधीलाई पक्राउ गर्न नवलपरासी प्रहरी सफल भएको हो ।
बिभिन्न मुद्धामा फरार रहेका १ बर्ष १ महिना ९ दिनका सजाय र जरिवाना पाएका १९ जना अभियुक्तलाई प्रकाउ गरी कारवाही गरेको जिल्ला अदालतका एक कर्मचारीले भने, १९ वटा फरार अभियुक्तहरुबाट ३ लाख ६३ हजार ७ सय ९९ रुपैया जरिवान गरिएको बताए ।
सीमा नाकामा तस्करीको कार्य बढेर गएको बेला एसपी कंडेलले तस्करी नियन्त्रणमा प्रहरी परिचालनलाई सकृय बनाएका छन् । एसपी कंडेलले करिब ढाइ महिनामा महिनामा अबैध नदिजन्य उत्खनन गरिरहेको अवस्थामा ७ ट्याक्टर र ३ ट्रिपर गरि १० सवारी साधन पक्राउ गरि सम्बन्धित स्थानिय तहमा बुझाए मार्फत २ लाख ९५ हजार बराबरको राजस्व दाखिला गरेको प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताए ।
त्यसैगरी अबैध काठ चोरी नियन्त्रणमा पनि प्रहरीले सक्रियता देखाएको छ । नवलपरासी प्रहरीले अबैध काठ बरामद गरि डिभिजन वन कार्यालय परासी बुझाएको छ ।
नवलपरासी पश्चिम जिल्लामा शान्ति सुरक्षा व्यवस्था कायम गर्न, तस्करी नियन्त्रण गर्न, अपराधीक घटना हुन नदिन नवलपरासी प्रहरीले कुनै कसर बाकी नराख्ने एसपी कंडेलले प्रतिबद्धता व्यक्त गरेका छन् ।