जितिया पर्वका दिन आमासंगै खोलामा नुहाउन गएको बालक बेपत्ता ।

रबिन्द्र यादव / नवलपरासी पश्चिम।

नवलपरासी पश्चिममा आमासंगै नुहाउन गएका ११ वर्षे बालक अंगद माली प्रतापपुर गाउँपालिका वडा नं. ६ स्थित टुटहा पुलको कंगली खाेलामा डुबेर हराइरहेका प्रहरीले बताएको छ ।

प्रतापपुर गाउँपालिका वडा नं ६ गूठी परसाैनी गाउँका स्थानीय रामकान्त मालीकाे ११ वर्षे छाेरा जितिया पर्वकाे अवसरमा खोलामा स्नान गर्ने परम्परा अनुसार स्नान गर्न जांदा आमासंगै गएका छाेरा नुहाउने क्रममा बेलुका साढे पाच बजे पानीमा हराइरहेकाे प्रहरी चाैकी रामनगरका प्रमुख धर्म बहादुर कुंवरले बताए ।

स्थानीयवासीका अनुसार व्रतालु महिलाहरू अपरान्ह नदीमा नुहाउन जान लाग्दा आमाका साथमा बच्चाहरू समेत गएका थिए तथा आफुखुशी नुहाउने क्रममा डुब्न लागेका २ जनाकाे स्थानीयले उद्धार गरेका थिए ।

११ वर्षे बालक माली कतै नभेटिएपछि उनी पानीमा डुबेकाे हुनसक्ने अनुमानकाे अधारमा नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयले खाेजी कार्य शुरु गरेका हुन । अहिले उनकाे खाेजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

यसैगरी जितिया पर्वको अवसरमा प्रतापपुर गाउँपालिका वडा नं ६ पश्चिम गण्डक नहरको हरपुर (झुलनिपुर) छठ घाट स्थित स्नान गर्न आए कि दुई भारतीय व्रतालु महिला स्नान गर्ने क्रममा डुब्न लागेको अवस्थामा स्थानीयले देखेपछि बचाएका हुन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार