कोरना कहरमा हिरो कहलिएकी पोर्चुगलकी स्वास्थ्यमन्त्री टेमिडोको एक गर्भवती भारतीय पर्यटकको मृत्युपछि दिईन् राजीनामा !

लिस्बन।

पोर्चुगलका स्वास्थ्यमन्त्री मार्टा टेमिडोले एक गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि पदबाट राजीनामा दिएकी छन् । प्रसूति वार्डमा ठाउँ अभावका कारण ति महिलाको मृत्यु भएको बुझिएको छ।

ठाउँ अभावका कारण एक अस्पतालबाट अर्को अस्पतालमा थप उपचारको लागि लैजाँदै गर्दा हदृयघातका कारण ३४ वर्षीया महिलाको मृत्यु भएको बताइएको छ ।

विगत केही महिनादेखि पोर्चुगलमा प्रसुसी अस्पतालमा कामदारहरूको गम्भीर अभाव भएको आरोप सरोकार निकायहरुले लगाउँदै आएका छन् ।

डाक्टर मार्टा टेमिडो सन् २०१८ देखि पोर्चुगलमा स्वास्थ्यमन्त्री थिइन् । कोरोनाको कहरमा पोर्चुगलमा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै उनि हिरो नै कहलिएकी थिईन्।

पोर्चुगलको समाचार एजेन्सी लुसाका अनुसार प्रधानमन्त्री एन्टोनियो कोस्टाले महिलाको मृत्यु नै डा. टेमिडोको राजीनामाको ‘अन्तिम कारण’ भएको बताएका छन् ।

पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले एक विज्ञप्ति निकाल्दै स्वास्थ्यमन्त्रीको राजीनामा स्वीकृत गरेको बताएका छन् । प्रधानमन्त्रीले टेमिडोलाई उनको कार्यकालमा गरेको उत्कृष्ट कामका लागि धन्यवाद दिएका छन् ।

पोर्चुगलको सबैभन्दा ठूलो सान्ता मारिया अस्पतालको प्रसूति वार्डमा ठाउँ अभाव भएपछि महिलालाई लिस्बनको अर्को अस्पतालमा लगिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसै क्रममा उनको मृत्यु भयो ।

गर्भवती महिलाको आकस्मिक शल्यक्रिया गरिएको र नवजात शिशुलाई आइसीयूमा भर्ना गरिएको पोर्चुगलको राजधानी लिस्बनस्थित सो फ्रान्सिस्को जेभियर अस्पतालले जनाएको छ ।

सुत्केरीको शल्यक्रिया र उनीहरुको बच्चालाई बचाइएको छ । बच्चा भने स्वस्थ छन् । महिलाको मृत्युबारे अनुसन्धान सुरू गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार