लिस्बन।
चितवन समाज पोर्चुगलले २४ अगस्ट २०२२ बुधबार तीज कार्यक्रम मनाउने भएको छ। बिदेशी भूमिमा नेपाली चेलीहरुलाई दर खुवाउने साथै तीज गीत प्रतियोगिता र सास्कृतिक कार्यक्रम सहित मनाउन लागेको समाजले जनाएको छ।
चितवन समाजले तीज कार्यक्रम पहिलो पटक गर्न लागेको हो। चितवनका मात्र नभएर पोर्तुगलमा बसोबास गर्ने सम्पूर्ण नेपाली चेलिहरुल़ाई समेटेर तीज पर्व मनाउन लागिएको समाजका अध्यक्ष रबि अर्यालले भोइस अफ नेपाललाई जानकारी दिए।
सांगीतिक कार्यक्रममा नेपालबाट पोर्तुगल भ्रमणमा आउनु भएका आमाहरुलाई सम्मान समेत गरिने कार्यक्रम रहेको समाजले जनाएको छ।
भोइस अफ नेपाल संगको सम्बादमा धर्म संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उद्वेश्यले समाजले कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष रबि अर्यालले बताएका छन् ।
२४ अगस्ट बुधबार ३ बजेबाट शुरु हुने “तिज विशेष कार्यक्रम” मा तीज गीत प्रतियोगिता रहने र उक्त प्रतियोगितामा प्रथम हुने टोलीलाई पुरस्कार वितरण गरिने समाजकी उपाध्यक्ष सम्झना अधिकारीले जानकारी दिईन् !
लिस्बनको वोक मुनदो ( वोर्क सिटी ) रेस्टुरेन्टमा गर्न लागिएको कार्यक्रम चितवन समाज पोर्तुगलले यहाँ बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दिदिबहिनीहरुको माइतीको आँगन भएको बताउदै समयानुकूल मिलाएर उपस्थित भई प्रतियोगीतामा भाग लिन सबै दिदिबहिनीहरुलाई अनुरोध गरेको छ।
उक्त दिन कुनैपनी कार्यक्रम नजुधाइ कार्यक्रम सफल बनाउन सहयोग गरिदिनुहुन पोर्तुगलमा रहेका सम्पूर्ण संघ-संस्थालाई समाजले आग्रह समेत गरेको छ ।
स्थान :वोर्क सिटी रेस्टुरेंट
ठेगाना : Av. Columbano Bordalo Pinheiro 70, Lisboa
समय : २४ अगस्ट बुधबार ३ बजेबाट शुरु