पोर्चुगलमा नेपालीको गुण्डागर्दी र दादागिरी : दिउसै गुफा ट्राभल्समा तोडफोड !

लिस्बन।

पछिल्लो समय पोर्चुगलमा नेपालीहरुको संख्या बढेसंगै अपराधिक घटनामा पनि नेपालीको संलग्नतामा वृद्धि भएका छन्।

राजधानी लिस्बनस्थित गुफा ट्राभल्समा आज दिउसो करिब २ बजेतिर तोडफोड गरिएको छ। निलो टि-सर्टमा आएका एक व्यक्तिले उक्त ट्राभल्सको ढोकाको सिसा ढुंगा प्रहार गरेर फुटाएर भएका छन्।

तोडफोड गरेर दगुरेर भागेका ति व्यक्तिलाई देखेका प्रतक्ष्यदर्शीले उनले नेपाली भाषा बोलेको र नेपाली रहेको बताएका छन्। भाषाका आधारमा तोडफोड गर्ने व्यक्ति नेपाली हुन् भन्ने यकिन भएतापनि उनि को हुन् भन्ने बारेमा प्रतक्ष्यदर्शीले ठम्याउन नसकेको बताएका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार