लिस्बन।
कर्मचारीका आम हड्तालका कारण लिस्बनमा फोहोर नउठ्दा शहर दुर्गन्धित भएको छ।
पुर्व निर्धारित तालिका अनुसार लिस्बन महानगरपालिकाका फोहोर संकलन सेवाका कर्मचारीको हड्ताल सोमबार रातिदेखि मंगलवारसम्म भएतापनि आइतवार देखि नै फोहोर उठ्न सकेको छैन।
लिस्बन सिटी काउन्सिलले शहरको फोहोर संकलन हुन नसक्दा क्षमायाचना समेत गरेको छ।
‘राजधानीमा १८ गतेदेखि १९ गते राति र मंगलबार दिउँसो फोहोर सङ्कलन सेवा प्रभावित हुनेछ’, नगरपालिकाले विज्ञप्तिमा उल्लेख गरेको छ ।
नगरपालिकाका अनुसार SITE/CRSA – केन्द्र दक्षिण र स्वायत्त क्षेत्रको ऊर्जा र वातावरणीय गतिविधिहरूमा परिवर्तनकारी उद्योगमा कामदारहरूको संघले हड्तालको आव्हान गरेको हो।