नेपाली नारी समाज पोर्तुगलको वार्षिक साधारणसभा तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न !

लिस्बन।

नेपाली नारी समाज पोर्तुगलले आफ्नो वार्षिक साधारणसभा तथा प्रमाणपत्र वितरण कार्यक्रम राजधानी लिस्बनमा सम्पन्न गरेको छ।

नारी हकहितका लागि मात्र नभएर समाजमा भए गरेका घटनाहरूको समाधान गर्न नेपाली नारी समाज पोर्तुगलले खेलेको भुमिका अतुलनीय रहेको पोर्तुगलका लागि नेपाल सरकारका अवैतानिक महावाणिज्यदूत मकर बहादुर हमालले बताएका छन् ।

नेपाली नारी समाज पोर्तुगलको वार्षिक साधारणसभा तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महावाणिज्यदूत हमालले नेपाली नारी समाज पोर्तुगलले दिदिबहिनीहरुलाई लक्षित गरेर दिएको कार्यक्रमहरुले मानवीय कार्य गरेको बताए । परदेश आइरहदा कसैसँग वैमनस्य नराखी समाजमा मिलेर अगाडि बढन आग्रह गर्दै उनले समाज मिलाउनको लागि आफू सदैव तयार रहेको बताए ।

प्रशिक्षार्थी शैलजा न्यौपानेले आफू पोर्तुगलमा नयाँ भएको र आउने बितिकै तालिम लिने अवसर जुटाइ दिएकोमा समाजलाई धन्यवाद दिदै अगाडि बढनको लागि हौसला मिलेको बताईन् ।

सोही अवसरमा १० जुन बाट शुरु भएको १ हप्ते व्युटिपार्लर तालिममा सहभागी २० जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

लिस्वनको इन्तेदेन्त स्थित ओला अमिगोको सभा हलमा आयोजना गरिएको कार्यक्रममा समाजकी महासचिव पुनम गौतमले प्रगति प्रतिवेदन र सचिव मोनिका भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समाजकी अध्यक्ष सीता श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार