मनोज पाण्डेविरुद्धको प्रहरी अनुसन्धन सकियो, १४ वर्ष जेल सजाय गर्न माग !

काठमाडौं ।

करकापमा पारेर नियन्त्रणमा लिएर जबरजस्ती करणी गरेको निष्कर्षसहित प्रहरीले सौन्दर्य प्रतियोगताका सञ्चालक मनोज पाण्डेविरुद्ध प्रहरीको अनुसन्धान सकिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आठ वर्षअघि आयोजित एक सौन्दर्य प्रतियोगिताकी प्रतिस्पर्धीलाई शोषण गर्ने उद्देश्यले झुक्याएर जबरजस्ती करणी गरेको निष्कर्ष निकालेको हो ।

जिल्ला प्रहरी कार्यालयको कार्यालय काठमाडौंका प्रमुख गंगा पौडेलले मानवबेचबिखन तथा ओसारपसार र बोल यौन दुर्व्यवहारको कसूरमा अनुसन्धान सकेर प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

मानवबेचबिखन सम्बन्धी ऐनको दफा ४ को उपदफा २ (ख) मा ‘शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाइ, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, जबर्जस्ती गरी, करकापमा पारी, शरीर बन्धक राखी, बेहोस पारी’ आफूसँग राख्ने वा नियन्त्रणमा लिनुलाई मानव बेचबिखन तथा ओसारपसार भनिएको छ ।

यो घटनामा पाण्डेले पीडितलाई नशालु पदार्थ खुवाएर कब्जामा लिएर विभिन्न ठाउँमा जबरजस्ती करणी गरेकाले मानवबेचबिखन तथा ओसारपसार ठहरिने प्रहरी प्रतिवेदनमा उल्लेख छ । यसलाई पुष्टि गर्न प्रहरीले प्रमाणका रुपमा पीडितले सार्वजनिक गरेको भिडियो बयान र केही साक्षीहरुको बयानलाई आधार बनाएको छ ।

जबरजस्ती करणीसम्बन्धी कसूरमा अनुसन्धानका लागि हदम्याद बाधक भएपछि प्रहरीले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको थियो । पछि पाण्डेबाट पीडित भएको भन्दै अर्की एकजना नाबालिगले पनि बाल यौन दुर्व्यवहारको जाहेरी दिएकी थिइन् ।

मानवबेचबिखनको कसूरमा ११ वर्ष र बालयौन दुर्व्यवहारको कसूरमा तीन वर्ष गरेर १४ वर्ष जेल सजाय प्रहरीले आफ्नो प्रतिवेदनमा माग दाबी गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार