काठमाडौँ |
प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका छन् ।
उनले गृहमन्त्री बालकृष्ण खाँणलाई शुक्रबार मिटब्याजी तेलीलाई पक्राउ गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले गृहमन्त्री खाँणलाई मिटरब्याजी तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन निर्देशन दिएको प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
‘प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन आज गृहमन्त्री बालकृष्ण खाँडलाई निर्देशन गर्नु भएको छ,’ उनले भने ।