नेपाली नारी समाज पोर्तुगलद्वारा १ हप्ते व्युटी पार्लर तालिम शुरु !

लिस्बन।

महिलाहरुको क्षमता विकास तथा सिपमुलक कार्यका लागि लिस्बनमा एकहप्ते व्युटी पार्लर तालिम शुरु भएको छ ।

नेपाली नारी समाज पोर्तुगलले शुरु गरेको तालिम लिस्वनको आरोइसमा रहेको स्माइल व्युटी पार्लरमा आयोजना गरिएको हो ।

उक्त तालिम कार्यक्रममा २० जना महिलाहरुको सहभागिता रहेको छ।

तालिमकीप्रशिक्षण रहेकी बिना लिम्बुले १ हप्ते तालिम अन्तर्गत मेकअप तालीम दिईने जानकारी दिईन् ।

समाजले पोर्तुगलमै बसोबास गर्ने दिदिबहिनीहरुका समस्या, हिँसामा छट्पटाएका महिलाहरुको समस्याहरुलाइ दुई पक्ष राखेर मिलाउने कोशीश गर्दै समाधानको बाटो पहिल्याउन र नेपालबाट आउने समस्याहरुलाइ समेत मध्यनजर गर्दै कानुनी परामर्श सहित उचित समाधान गर्ने गरेको छ ।

समाजले वर्षेनि विदेशी भुमिमा रहेका दिदिबहिनीहरुलाइ लक्ष्यित गर्दै हाउस किपिङ, व्युटिसियन तालिम लगायतका थुप्रै अवसरहरु प्रदान गर्ने गरेको छ । कोरोना महामारिले विश्व आक्रान्त बनिरहेको बेला समाजले अक्सिजन सिलिन्डर समेत सहयोग गरेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार