लिस्वन ।
१५ अप्रिलबाट पोर्चुगलको राजधानी लिस्बनबाट हराएका सुजन सिलवालको ५५ दिन अगाडी नै मृत्यु भईसकेको पुष्टी भएको छ। उनी लिस्बनबाट बेपत्ता भएको भोलिपल्ट नै उनको शव समुन्द्रमा भेटिएको थियो ।
नुवाकोट बेलकोटगढी–१२ का सिलवाल राजधानी लिस्बनबाट बेपत्ता हुनुभन्दा अगाडी घरपरिवारसंग कुराकानी गरेको उनका नजिकका साथीभाईहरु बताउछन्। सिलवाल रोजगारीको सिलसिलामा ७ बर्ष अगाडी पोर्चुगल आएका थिए।
सिलवाल परिवार र साथीभाईको सम्पर्कभन्दा बाहिर भएपछि उनका परिवारकै आग्रहमा पोर्चुगलको नेपाली समुदायले खोजीकार्य सुरु गरिएको थियो ।
सिलवाल खोजी लामो समयसम्म गरिएतापनि उनको कुनै अत्तोपत्तो लागेको थिएन। उनि सम्पर्कविहिन भएको ५५ दिनपछि ९ जुन मा पोर्चुगल प्रहरीले एनआरएनएलाई जानकारी दिएको संघले जनाएको छ।
पोर्चुगल प्रहरीले अप्रिल १६ मा एक शव समुन्द्रबाट निकालेको थियो। बिहीबार ९ जुनमा मात्रै मात्रै शवको पहिचान भएको र उक्त शव सिलवालको रहेकोले प्रहरीले संघलाई खबर गरेको थियो।
यता सिलवालको शव अहिले लिस्बनको एक अस्पतालको शवगृहमा छ भने उता उनका परिवारले शव नेपाल पठाईदिन आग्रह गरेका छन्।
हराएका सिलवाल सकुशल भेटिने आशा गरिएको थियो, तर उनको मृत्यको खबरले नेपाली समुदाय स्तब्ध भएको छ , गहिरो शोकमा डुबेको छ।