पोर्तुगलमा कोरोनाको छैठौ लहर : एकैदिनमा ४७ को मृत्यु, मृतकको संख्या १०० दिन यताकै उच्च !

लिस्बन।

पोर्चुगल कोरोना संक्रमणको छैठौ लहरमा छ।

स्वास्थ्य महानिर्देशनालयका अनुसार हिजो २ जुन’मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पछिल्लो १०० दिन यताकै उच्च रहेको छ।

हिजो मात्रै कोरोनाका कारण ४७ जनाको ज्यान गएको तथ्यांक स्वास्थ्य महानिर्देशनालयले सार्वजनिक गरेको छ ।

सोही समयमा एकै दिन कोरोनाका २६ हजार ८४८ जना संक्रमित थपिएका छन्।

यसघि १७ फेब्रुवरीमा ५१ जनाले कोरोनाक कारण ज्यान गुमाएका थिए।

स्वास्थ्य महानिर्देशनालयका अनुसार कोरोनाका कारण अप्रिल महिनामा ५९२ जना र मे महिनामा ८६३ जनाले ज्यान गुमाएका छन्।

जनजीवन सहज बनाउन सरकारले एकातिर स्वास्थ्य कानुनमा लचकता अपनाउदै आएको छ भने अर्कोतिर दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।

सरकारले सार्वजनिक यातायात, स्वास्थ्य प्रतिष्ठान लगायतका केही स्थानमा मात्रै मास्क लगाउनुपर्ने नियम बनाएतापनि आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै घरबाहिर निस्कदा सबैले मास्कको प्रयोग गर्न सुझाव दिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार