एम्बुलेन्सको ठक्करबाट बृद्धाको गयो ज्यान !

सिन्धुपाल्चोक ।

एम्वुलेन्सको ठक्करबाट सिन्धुपाल्चोकमा एक वृद्धाको मृत्यु भएको छ । बुधबार राती ९ः२५ बजे बिरामी पुर्याएर फर्केको एम्बुलेन्स अनियिन्त्रत भई दुर्घटना हुदाँ घरभित्र सुतिरहेकी ८९ बर्षीया मनमाया खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले खाडीचौर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बलेफी गाउँपालिका–७ बाट संचालित बा २० च ६३२७ नम्बरको एम्बुलेन्स अनियिन्त्रत भई सुनकोशी गाउँपालिका–७ दुई किलोकी खड्कालाई ठक्कर दिएको थियो ।

एम्बुलेन्स घरमा पसेपछि घरभित्र सुतिरहेकी खड्कालाई गम्भीर घाइते बनाएको र उपचारका लागि अस्पताल लैजाने क्रममा खड्काको निधन भएको प्रहरीले जनाएको छ । एम्बुलेन्स चालक रबिन्द्र कार्की फरार रहेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार