१० महिनापछि एमाले अध्यक्ष ओलीको संसदमा इन्ट्री, आज संसदमा सम्बोधन गर्ने !

काठमाडौं ।

विगत ९ महिनादेखिको जारी संसद अवरोध विनाशर्त हटाएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार(आज) संसदमा सम्बोधन गर्ने भएका छन् ।

आफूले निष्कासन गरेका १४ जना सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कारवाही नगरेको आरोप लगाउँदै गत भदौ २३ देखि एमालेले संसद अवरोध गर्दै आएको थियो । तर स्थानीयत तह निर्वाचनको परिणाम एमालेको अपेक्षा विपरित आएपछि विनाशर्त संसद अवरोध हटाएको हो ।

सरकारको नीति तथा कार्यक्रम मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेकी थिइन् । प्रमुख प्रतिपक्षी दलको हैसियतले सरकारको नीति तथा कार्यक्रममाथि ओलीले टिप्पणी गर्ने कार्यक्रम रहेको छ । स्थानीयत तहको निर्वाचन, पछिल्लो राजनीतिक घटनाक्रमबारे ओलीले आफ्नो धारणा राख्ने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

देउवा नेतृत्वको सरकार बनेपछि ओलीले गत साउन २६ गते संसदमा पहिलो पटक सम्बोधन गरेका थिए । बुधबार बसेको एमाले संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रम जनताको आँखामा छारो हल्न ल्याइएको झुटको पुलिन्दा भएको निष्कर्ष निकालेको थियो । संसद बैठक अहिले ११ बजे संसद भवन बानेश्वरमा बस्दैछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार