लिस्बन।
नेपाली महिला समाज पोर्चुगलले दोश्रो बार्षिक साधारण सभा आइतवार राजधानी लिस्बनमा सम्पन्न गरेको छ।
कार्यक्रममा समाजले आफ्नो आर्थिक तथा सांगठनिक प्रतिवेदन सार्वजनिक गर्यो।
महिला हक हित र सामाजिक कार्यमा समाज कृयाशील रहदै आएको छ।
लिस्वनस्थित अवैतनिक महाबाणिज्यदूत मकर बहादुर हमालको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रमको सभापतित्व सस्थाकी अध्यक्ष माया खरेलले गरेकी थिइन् भने कार्यक्रमको महासचिव शान्ति अर्याल अधिकारी कार्यक्रमकी एमसी थिइन्।