गजल

पुष्पराज जोशीका गजल

पुष्पराज जोशी/लेकुडा, डंडेल्धुरा


चुनाव जिति नेताहरु भाषण ठोक्दैछन
भोका नंगा जनताहरु पीडा भोग्दैछन ।

अबिर, टीका, खादा र गलाभरी माला लगाई
जयजयकारमा आसेपासे काँधमा बोक्दैछन ।

सुशासन र समृद्धिका गुलियो मीठो वचन
तिम्ले किन भोट दिएनौ नामै तोक्दैछ्न ।
चाकरी र चाप्लुसिले खुशी पार्नेहरु
होटलहरुमा बियर र मासु धोक्दैछन ।

भोट हाल्ने जनताहरुको गुनासोलाई
कुरा गर्न जानै नदिई तिनै रोक्दैछन ।

खाई नखाई चुनावमा खटी जिताएको नेता
जिते पछि नचिन्ने भो दु:ख पोख्दैछन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार