राजु थापा, मिचिगन अमेरिका ।
अमेरिकाको मिचिगन स्टेटमा १३ औं अन्तराष्ट्यि खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । आठ देश र अमेरिकाका विभिन्न ११ राज्यका गरि ३१० खेलाडीको उक्त प्रतियोगितामा सहभागिता रहेको थियो । च्याम्पियनसिपमा आयोजक एभरेष्ट तेक्वान्दो एकेडेमिले ८३ स्र्वण पदक जितेर प्रथम भएको छ ।
पाँच म्याटमा सञ्चालन भएको उक्त च्याम्पियनसिप महोत्वसमा महिला र पुरुष दुबै तर्फ सिनियनयर र जुनियरमा विभिन्न तौल समुह र उमेर समुहको पुम्से र स्पाइरिङ्ग कुरेगिमा प्रतिस्पर्धा गराइएको थियो । च्याम्पियनसिपमा पुरुषतर्फ इभेन फ्रान्सवा उत्कृष्ट खेलाडी घोषित भए । महिला तर्फ हेलो क्यानेजो उत्कृष्ट भए ।
यस्तै रेफ्रिमा पनि महिला र पुरुषमा एक एक जनालाई वेष्ट रेफ्रि घोषित गरिएको थियो। पुरुष तर्फ मिचिगनका थोमस सन उत्कृष्ठ भए। महिलामा पेन्सिलभेनियाकी बिनिता पुरी राई उत्कृष्ट भइन।
च्याम्पियनसिपमा रेफ्रि डिरेक्टर युएस तेक्वान्दोका पूर्व सिइओ ब्रस हेरिस रहेका थिए । यस्तै रेफ्रि चियरमा अस्ट्रेलियाका रेने लेभोस थिए। उनी ओलम्पिक रेफ्रि समेत हुन् । यस्तै अर्का रेफ्रि चियर रेमण्ड सु थिए। उनी विश्व तेक्वान्दो पुम्से कमिटीको सदस्य हुन् ।
अन्तराष्ट्यि खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिताको पहिलो संंस्करण सन् २००० मा नेपालको काठमाडौं बाट शुरु भएको थियो । हाल सम्म नेपाल, अमेरिका, बेलायत, भारत, हङ्कङ्गमा सम्पन्न भैसकेको छ भने अब आउदों १४ औं संस्करण दुई बर्ष पछि अस्ट्रेलिया वा अन्य कुन मुलुकमा गर्ने भन्ने बारेमा पछि निर्णय गरिने आइओएफटीसीका बोर्ड डाइरेक्टर ग्राण्ड मास्टर दिवाकर डान महर्जनले बताउनु भएको छ ।
च्याम्पियनसिपमा स्थानीय आयोजक एभरेष्ट तेक्वान्दो एकेडेमिले रफ्रि सेमिनारको समेत आयोजना गरेको थियो । उक्त सेमिनार बाट तेक्वान्दो खेलको परिबर्तित नयाँ नियमको बारेमा पनि सिकाइएको जानकारी १३ औं संस्करणका संयोजक लब प्र. गोर्खालीले जानकारी गराउनु भएको छ । कार्यक्रममा स्थानिय संघ संथाका प्रतिनिधि सहित एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदी, उपाध्यक्ष गोपेन्द्र भट्टराई लगायत अन्य पदाधिकारीहरुको उपस्थिति थियो । प्रतियोगितामा नेपाल तेक्वान्दो संघका पूर्व प्रशिक्षकहरु सुदर्सन बहादुर के.सी., जगनलाल श्रेष्ठ, राजु थापा (क्यानडा), धिरेन्द्र शाही (क्यानडा), लीला शाही (क्यानडा) को सक्रिय सहभागिता सहित आयोजक एभरेष्ट तेक्वान्दो एकेडेमिका प्रशिक्षक तथा प्रतियोगिताका म्यानेजरहरु अमुल गोर्खाली र अनमोल गोर्खालीको सक्रिय भूमिका रहेको थियो ।
कार्यक्रममा बिजयी खेलाडी, रेफ्रि, र निर्णायकहरुलाई आइओएफटिसीका महासचिव क्यारेन ब्लाल्कलेज, गैरआवासीय नेपाली संघ अमेरिकाका पदाधिकारीहरु लगायत अन्य अतिथिहरुबाट नेवारी संकृति झल्कने हाकु पटासी लगाएका भोलन्टिएरहरुको सहयोगमा पदक तथा प्रमाणपत्र बितरण गरिएको थियो ।
कार्यक्रम समापन पश्चात साँझ राज प्यालेसमा रात्री भोज तथा स्थानीय कलाकार सहित गायक युवराज चौंलागाँईको सांगीतिक कार्यक्रम भब्य रुपमा गरिएको थियो ।