लिस्बन।
कम्बोइस दे पोर्तुगाल ( CP – Comboios de Portugal ) को पूर्व घोषणा अनुसार आज सोमबार २४ घण्टे हड्तालको आव्हान गरेको छ। आज रेलका सम्पूर्ण कर्मचारीहरु हड्तालमा रहने सिपिले जनाएको छ।
आफ्ना मागहहरुप्रति सरकार उदासिन भएकोले सरकारलाई दवाव दिन रेलका कर्मचारीहरुले हड्तालको आव्हान गरेका हुन्।
कर्मचारी हड्तालका कारण देशभरका प्रमुख रेल सेवाहरु अवरुद्ध हुने अपेक्षा गरिएको छ।
कम्बोइस दे पोर्तुगालले एक बिज्ञप्ति जारि गर्दै कर्मचारी आम हड्तालकारण अल्फा पेन्डुलर, इन्टरसिडेड्स, इन्टरनेशनल, अन्तरक्षेत्रीय र क्षेत्रीय रेलहरूमा यात्रा गर्न टिकटहरू खरिद गरेका ग्राहकहरूले टिकटको कुल मूल्य वा यसको पुन: प्रमाणीकरण फिर्ताको लागि अनुरोध गर्नसक्ने जनाएको छ ।
रेलका कर्मचारीहरुको हडताल १६ मे का दिन ००:०० बजे देखि २४:०० बजेसम्म २४ घण्टा रहनेछ। कर्मचारीहरुको हड्ताल १६ मे मा रहेको भएतापनि एक दिन अघि र पछिसम्म समेत यसको असर पर्नसक्ने सिपीले जनाएको छ।
यात्रुहरुले सूचना र सहयोगका लागि 808 109 110 मा सम्पर्क गर्नसक्नेछन्।