रेनुलाई प्यानलको धोका , उपमेयरलाई शतप्रतिशत साथ !

चितवन ।

चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ । हालसम्म दुई वडाको परिणाम सार्वजनिक भएको छ । दुवैमा कांग्रेस उमेदवार विजयी भएका छन् । वडा नम्बर ३ मा पनि कांग्रेसकै उमेदवारको अग्रता छ ।

यो समाचार तयार पार्दासम्म आठ हजार ८६३ मतको गणना सकिएको छ । रेनु दाहालले तीन हजार १४७ मत ल्याउँदा एमालेका सुवेदीले तीन हजार १५३ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ खतिवडाले एक हजार ९३ मत पाएका छन् ।

उपमेयरमा सत्ता गठबन्धनका उमेदवारले तीन हजार ४९८ मत प्राप्त गरेका छन् । राप्रपाका उमेदवारले दुई हजार ५११ मत प्राप्त गरेका छन् ।

मतको ट्रेन्ड हेर्दा सत्ता गठबन्धका अन्य उमेदवारले शतप्रतिशत प्यानल मत पाएको देखिन्छ ।

वडा नम्बर १ मा निर्वाचित कांग्रेस वडाध्यक्षले १३९७ मत पाएका थिए भने वडा नम्बर २ मा कांग्रेसबाटै निर्वाचित वडाध्यक्षले २१०५ मत पाएका छन् । यो जोड्दा ३५०२ मत हुन्छ ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३४९८ मत पाएका छन् । अर्थात वडाध्यक्षले पाएको मतभन्दा चार मतमात्रै कम पाएका छन् । तर सोही अनुपातमा रेनुले भने मत पाएकी छैनन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार