मतपेटिका लुटेर खेतैखेत भागे स्थानीयवासीहरु

रौतहट।

रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटपाट भएको छ ।

यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो ।

यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक-पटक झडप भएको थियो ।

तर मतदान स्थलमा हुलदंगा भएको र आक्रोसित भीडले मतदान केन्द्र कब्जामा लिएर मतदान भएको र बाँकी रहेको मतपत्र च्यात्नुका साथै मतपेटिका तोडफोड गरेका हुन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार