डडेल्धुरा ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापती शेर बहादुर देउवाले नेपाली काँग्रेसलाई अत्याधिक बहुमतले बिजय गराउन आग्रह गरेका छन् । गृह गाउँपालिका गन्यापधुराको वडा नं. २ बडालमा आयोजित चुनावी आमसभालाई सोमवार सम्बोधन गर्दै देउवाले भने, ‘यहि मेरो घर हो र गाउँ पनि हो । यस कारण यहाँको शैक्षिक विकास, प्राबिधिक शिक्षा लगायतका सबै क्षेत्रमा मैले विकास गर्ने छु ।’
नेपाली काँग्रेस बिपीका नामबाट करुवा चुनाव चिन्ह लिएर एमालेलाई सहयोग गर्न आएको उल्लेख गर्दै उनले त्यो भ्रम भएकाले कोही सकैका पनि कुरा नसुनी काँग्रेसलाई जिताउन स्थानियहरुलाई आग्रह गरे ।
‘आफ्नो गाउँ ठाउँको विकास आफुले नै गर्ने भएकाले गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा उम्मेदवार ईन्द्र बहादुर कार्कि लाई जिताउनु होला ।’ उनले भने, ‘पहिले म स्कुल पढ्दा हिडेर जान्थे । अहिले सबै ठाँउमा सडक पुगिसकेका छन् । कच्चि छन । अब कालोपत्रे गर्नु पर्ने छ । त्यो सबै गर्ने मैले नै हो ।’
भातकाँडा–रुवाखोला–बडाल–रेल सडकलाई कालोपत्रे गर्ने उनले बताए । गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको मटेला गाउँमा रहेको आफ्नो घरलाई पुनः बनाउने समेत उनले बताए । तत्कालिन बिद्रोही माओवादीले २०५८ सालमा आगो लगाएर ध्वास्त बनाएको घरलाई आफुले पुनः बनाउने देउवाले बताएका थिए ।
कोरोना संक्रमणको जोखिम व्यवस्थापन गर्न सबै आम नागरिकलाई खोप पुगाई सकेको उल्लेख गर्दै उनले विश्व स्वास्थ्य संगठनका अध्यक्ष नेपाल पुगेर पुरस्कृत गरेको समेत बताए ।