धनगढीको मुहार फेर्न मेयरका स्वतन्त्र उम्मेदवारमा सुन्दर सुदूरपश्चिमका अभियन्ता हमालद्वारा मनोनयन दर्ता !

धनगढी।

धनगढी उपमहानगरपालिकाको मेयरमा गोपाल हमालले उम्मेदवारी दर्ता गरेका छन्। सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् उद्योगी हमालले आइतबार धनगढीको उपमहानगरपालिकाको मेयरको दागि मनोनयन दर्ता गरेका हुन्।

धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्। उम्मेदवारी दर्ता गराउन हमाल बाजागाजा र र्‍यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।

हमालले ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने मूलमन्त्रका साथ फागुन १९ गते धनगढीको मेयरका लागि उम्मेदवारी घोषणा गरेका थिए। मनोनयन दर्ता गर्दै हमालले बाँडीचुँडी खाने प्रवृतिका विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार