मे महिनामा अन्त्य हुने भनिएको SEF को समय अझै लम्बियो !

लिस्बन।

विदेशी र सीमा सेवा (SEF) को अन्त्य हुने मिति फेरी स्थगित भएको छ। पोर्चुगल सरकारले मे महिनामा सेफलाई अन्त्य गरि उनीहरुको काम र शक्ति पीएसपी र जिएनआर प्रहरीलाई दिने घोषणा गरेको थियो।

पोर्चुगलका आन्तरिक प्रशासन मन्त्री जोसे लुइस कार्नेरोले सेफको अन्त्य हेन मिति स्थगित भएको आज घोषणा गरेका हुन् ।

मन्त्रिपरिषद्को असाधारण बैठकले सरकारले गरेको निर्णय अनुसार सेफको अन्त्य र काम र शक्तिको नियोजित परिवर्तनहरूलाई परिपक्व बनाउन आवश्यकताको साथ आफ्नो निर्णयलाई स्थगन गरेको हो। पीएसपी र जिएनआर प्रहरी विमानस्थल नियन्त्रणको जिम्मा लिन तयार नभएको र उनीहरुलाई थप प्रशिक्षण दिनुपर्ने भएकोले सेफको अन्त्य गर्ने मिति स्थगन भएको हो।

आन्तरिक प्रशासन मन्त्री जोसे लुइस कार्नेरोले भने , ” सेफको अन्त्य हुने मिति कहिले हो भन्नुभन्दा पनि यो सुनिश्चित गर्नु हो कि, विमानस्थल नियन्त्रणको पहिलो, दोस्रो र तेस्रो लाइनमा हुने पीएसपी र जीएनआरहरूलाई मानवअधिकार र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको ग्यारेन्टी गर्न तालिम समायोजन गरि तयारि गर्नु महत्वपुर्ण हो। ”

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार